विजय सुवेदीले दिए भरतपुरको मेयरमा विजयी रेनु दाहाललाई शुभकामना
न्युजभित्तो/१० जेष्ठ २०७९, मंगलवार १४:२३
भरतपुर, जेठ १०- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाललाई निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले बधाई तथा शुभकामना दिएका छन्।
एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका नेता सुवेदी १२ हजार चार सय ४९ मतान्तारले मेयरमा दाहालसँग पराजित भएपछि मतगणनास्थलमै पुगेर बधाई र शुभकामना दिएका हुन्। यहाँ रेनुले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याएका थिए। रेनु २०७४ को चुनावमा पनि भरतपुरको मेयर निर्वाचित भएकी थिइन्।
स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन्। उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२८०३ मतसहित विजयी भए भने एमाले-राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०६१२ मत ल्याएकी छन्।