सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी


  •    न्युजभित्तो/१० जेष्ठ २०७९, मंगलवार १०:४९ 
  • काठमाडौं,१० जेष्ठ।  चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनवाट मेयरको साझा उम्मेदवार बनेकी नेकपा माओवादीकी रेनु दाहाल र गठबन्धनवाट नै उपमेयरको साझा उम्मेदवार बनेका चित्रसेन अधिकारी विजयी भएका छन् ।

    यसअघि पनि भरतपुर महानगरको मेयर रहेकी दाहाल दोस्रो पटक विजयी भएकी हुन् । कुल मतदाता १ लाख ८५ हजार भएको भरतपुरमा जम्मा मत १ लाख २७ हजार ८३९ मत खसेको थियो ।

    दाहालले ५२ हजार ३० मत प्राप्त गरेर विजयी भएकी छन् भने प्रमुख प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत ल्याएका छन् । मेयर पदमा दाहालले सुवेदीभन्दा १२ हजार ४४९ मत बढी ल्याएए विजयी भएकी हुन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार​ ७२८ मत प्राप्त गरेका छन् ।

    यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गरेर विजयी भएका छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार हिमला गुरुङको ३० हजार ६१२ प्राप्त गरेकी छन् । अधिकारीले प्रतिद्वन्द्वी गुरुङभन्दा  २२ हजार १९१ बढी मत ल्याएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.