सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका चार पालिका प्रमुखले लिए सपथ


  •    न्युजभित्तो/६ जेष्ठ २०७९, शुक्रबार १३:५६ 
  • चितवन,६ जेष्ठ– स्थानीय तह निर्वाचनबाट निर्वाचित चितवनका चार पालिका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् ।

    नेपाली कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ, नेकपा एमालेबाट निर्वाचित माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो, एमालेबाटै निर्वाचित कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी र एमालेबाट निर्वाचित इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले आज (शुक्रबार) सपथ ग्रहण गरेका हुन् ।

    उनीहरुलाई जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । निर्वाचित पालिका प्रमुखहरुलाई निर्वाचन अधिकृतले विजेताको प्रमाण पत्र समेत प्रदान गरेका थिए । सपथ लिएका प्रमुखहरुले आजै पालिका उपप्रमुख र वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराउँदै पदभार ग्रहण गर्ने तयारीमा छन् ।

    भरतपुर महानगरसहित रत्ननगर र राप्ती नगरपालिकाको अन्तिम मतपरिणाम भने आउन बाँकी रहेको छ । भरतपुरको मेयरमा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अध्हिकारीले अग्रता लिइरहेकी छन् ।

    उता रत्ननगरको मेयर कांग्रेसले र उपमेयर एमालेले जित्ने निश्चित भइसकेको छ भने राप्तीको मेयर र उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.