खैरहनी नगरपालिकाको प्रमुखमा कांग्रेसका खनिया र उपप्रमुखमा एमालेकी उप्रेती विजयी
न्युजभित्तो/४ जेष्ठ २०७९, बुधबार १९:५६
चितवन, ४ जेठ । पूर्वीचितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका शशीकुमार खनियाँ निर्वाचित हुनु भएको छ । उहाँले निकतम प्रतिद्धन्दी नेकपा एमालेका लालमणी चौधरीलाई ८ सय ५० मतले पछि पार्दै विजयी हुनु भएको हो । खनियाले १४ हजार ५ सय ४५ मत प्राप्त गर्दा चौधरीले १३ हजार ६ सय ९५ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी कविता उप्रेती निर्वाचित हुनु भएको छ । उहाँले गठबन्धनकोतर्फबाट माओवादी केन्द्रकी लक्ष्मी ढकाललाई ४ हजार ४ सय ९४ मत अन्तरले पराजित गर्नुभएको हो । उप्रेतीले १४ हजार १ सय ६४ मत ल्याउदा ढकालले ९ हजार ६ सय ७० मत प्राप्त गर्नुभएको छ ।
खैरहनीको ५ वटा वडामा नेकपा एमालेको प्यानलनै विजयी भएका छन् भने नेपाली कांग्रेसले ४ वटा वडामा प्यानलमै विजयी भएका छन् । खैरहनीको वडा नम्बर ४, ५, ६, ७, ९, ११ मा एमालेका सबै उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर २, ८, १० र १२ मा नेपाली कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् । त्यस्तै वडा नम्बर १ र ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ५ र १३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।