चितवन,४ जेष्ठ– भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता एक हजार ७१२ पुगेको छ ।
हालसम्म २७ हजार ४३८ मत गणना हुँदा रेनुले नौं हजार ९७० मत पाएकी छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका विजय सुवेदी एक हजार ७१२ मतले पछि परेका छन् । उनले आठ हजार २५८ मत पाएका छन् ।
कांग्रेसका बागी जगन्नाथ पौडेलले चार हजार ५०४ मत ल्याएका छन् । उनी मेयरको दौडमा तेस्रो स्थानमा छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन फराकिलो अन्तरले अगाडि रहेका छन् । उनले ११ हजार ९५६ मत पाएका छन् । निकटतम प्रतिद्धन्दी राप्रपाकी हिमला गुरुङले ६ हजार ७४२ मत पाएकी छन् ।