चितवनको कालिकामा एमालेको जित, मेयरमा बिनोद रेग्मी र उपमेयरमा बिमला लामा बिजयी
न्युजभित्तो/४ जेष्ठ २०७९, बुधबार १२:१६
चितवन, ४ वैशाख । चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी बिजयी हुनु भएको छ । गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका शिवराम केसीलाई पछि पार्दै रेग्मी विजयी हुनु भएको हो
उपमेयरमा एमालेका बिमला लामा बिजयी हुनु भएको छ । उहाँले गठबन्धन अन्तर्गत माओवादी केन्द्रकी सबिता लामालाई पराजित गर्नुभएको हो । रेग्मीले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतले पराजित गर्नुभएको हो ।
रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत प्राप्त गर्नुभयो । रेग्मी र केसीका बीचमा निकै प्रतिस्पर्धा भएको थियो ।
उपमेयरमा निर्वाचित लामाले गठबन्धनबाट उपमेयर उम्मेदवार बन्नु भएकी माओवादी केन्द्रकी सविता लामालाई ७६१ मतान्तरले पराजित गर्नुभयो । विमलाले १० हजार ४४९ मत ल्याउँदा सविताले ९ हजार ६८८ मत प्राप्त गर्नुभयो । कालिकाका वडातहसम्म नै गठबन्धन गरिएको थियो ।
११ वटा वडा रहेको कालिका नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र माओवादीले २ वडा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।