भरतपुर महानगर : १९,४८३ मत गणना हुँदा विजयभन्दा रेनु २०७ मतले अगाडि
न्युजभित्तो/३ जेष्ठ २०७९, मंगलवार १५:१४
चितवन,३ जेष्ठ – चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्री रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छन् ।
ताजा मतपरिणाम अनुसार १९ हजार ४८३ मत गणना हुँदा रेनुले ६ हजार ५६६ मत पाएकी छन् । एमाले-राप्रपा गठबन्धनका सुवेदी उनको पछि-पछि छन् ।
सुवेदीले ६ हजार ३५९ मत पाएका छन् । रेनुले उनीसँगको मतान्तर बढाएर २ सय ७ पुराएकी छिन् । यस्तै कांग्रेसका बागी जगन्नाथले ३ हजार १९९ मत पाएका छन् ।
उता उपमेयरमा नेपाली कांग्रेसका चित्रसेनले अग्रता फराकिलो बनाईरहेकी छन् । हालसम्म उनले ७ हजार ९७९ मत पाएका छन् । एमाले-राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले ५ हजार २२९ मत पाएकी छन् । चित्रसेन हिमला भन्दा २ हजार ७४९ मतले अघि छन् ।
हाल भरतपुर ५ को गणना भइरहेको छ । जहाँ वडाध्यक्षमा कांग्रेसको अग्रता छ । कांग्रेसले ९९४ मत पाउँदा एमालेले ९५३ मत पाएको छ ।