भरतपुरमा विजय र रेनुको मत चार हजार नाघ्यो, विजय अग्रस्थानमा
न्युजभित्तो/२ जेष्ठ २०७९, सोमबार १३:२८
चितवन,२ जेष्ठ – भरतपुर महानगरपालिका प्रमुखको दाबेदार विजय सुवेदी र रेनु दाहालले चार हजारको आँकडा पार गरेका छन् ।
१२ हजार १२६ मत गणना हुँदा दुबैको मत चार हजार नाघेको हो । ताजा मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले चार हजार १८१ मत पाएका छन् ।
यस्तै गठबन्धनबाट नेकपा माओवादीकी रेनुले चार हजार १४४ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ३७ मा झरेको छ । कांग्रेसका बागी जगन्नाथले एक हजार ७५३ मत पाएका छन् ।
उता उप-मेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् । उनले चार हजार ८२८ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङले तीन हजार २८७ मत पाएकी छन् ।
अहिले भरतपुर ४ को मतगणना भइरहेको छ । भरतपुर ४ को ८३४ मत गणना हुँदा कांग्रेस अगाडि छ । कांग्रेसले २४९ मत पाउँदा एमालेले २३३ तथा राप्रपाले १३७ मत पाएको छ ।