सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा रेनुको अग्रता, वडा नम्वर २ बाट सुवेदीले मतान्तर


  •    न्युजभित्तो/१ जेष्ठ २०७९, आईतवार १२:०९ 
  • भरतपुर,जेठ १- भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मतगणना भइसक्दा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखे पनि एमालेका विजय सुवेदीसँगको मतान्तर भने घटेको छ ।

    दाहालले १३ सय ७२ मत पाउँदा सुवेदीले १३ सय ५ मत पाएका छन् । भुइँकटहर चुनाव चिह्न लिएर लडेका कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत पाएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले भने फराकिलो अग्रता लिएका छन् । उनी १५ सय ४२ मतका साथ अगाडि बढिरहँदा एमालेको सहयोगमा लडेकी राप्रपाकी हिमला गुरुङले १ हजार ३५ मत पाएकी छन् ।

    अहिले वडा नम्बर २ को ७ सय मत गनेर सकिएको छ । वडा नम्बर १ मा भने तीव्र प्रतिस्पर्धाका बीच कांग्रेसले एक सदस्यसहित वडाध्यक्ष जितेको छ । बाँकी वडा सदस्यमा एमालेका निर्वाचित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.