कांग्रेस चितवनका पाँच कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरि कारबाही
न्युजभित्तो/२९ बैशाख २०७९, बिहीबार १४:३१
चितवन,२९ बैशाख – नेपाली कांग्रेस केन्द्रीय कार्यालयले चितवनका पाँच कार्यकर्तालाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेहरुमा पूर्व सांसद समेत रहेका भरतपुर १ का भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य भरतपुर ४ का शम्भुप्रसाद अर्याल, भरतपुर १६ का सूर्य बस्नेत, पूर्व जिल्ला सचिवसमेत रहेका भरतपुर २ का आनन्दराज राउत र भरतपुर ८ का डा. केशव पौडेल रहेका छन् ।
पार्टीको सिद्धान्त र आस्था विपरित गई स्थानीय तहको निर्वाचनमा अभद्र व्यवहार गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको कांग्रेसका कार्यबाहक मुख्य सचिव डा प्रदिप पराजुलीले जानकारी दिए ।
केन्द्रीय कार्यालयको निर्देशन एवं पाँच दलिय गठबन्धनका उम्मेदवारहरुको विरुद्धमा सक्रिय रहि पार्टीको बिधान र अनुशासन भन्दा बाहिर रहेर कार्य गरेको भन्दै बिहीबार देखि लागू हुने गरि पार्टी सदस्यता समेत नरहने गरि निलम्बन गरिएको उनले बताए ।