सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले चितवनले भन्यो- निर्वाचन आचारसंहिताको चरम उल्लंघन


  •    न्युजभित्तो/२९ बैशाख २०७९, बिहीबार १३:२९ 
  • चितवन, वैशाख २९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरेको भन्दै एमाले चितवनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको आरोप लगाएको छ । भरतपुरमा आर्थिक चलखेल भएको सूचना प्राप्त भएको भन्दै एमालेले आवश्यक छानबिन गरी उक्त कार्य रोक्न माग गरेको छ ।

    ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आममतदाताको घरघरमा पुगी प्रभावमा पार्ने काम गरेको र मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न एमाले चितवन जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

    एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा राज्य पक्षबाट भएको यस्ता कार्यले निर्वाचन निष्पक्ष हुनेमा शंका उत्पन्न भएको बताइएको छ । आचारसंहिताको गम्भीर उल्लंघन गर्ने माओवादी केन्द्र र कांग्रेसका भरतपुर र माडीका उम्मेदवारको उम्मेदवारी रद्द गर्नसमेत उनले माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.