सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डले भरतपुरको पुलिस स्कुलबाट मतदान गर्ने, मेयरका उमेदवार कसले कहाँबाट गर्दैछन् मतदान ?


  •    न्युजभित्तो/२९ बैशाख २०७९, बिहीबार १०:४२ 
  • चितवन, वैशाख २९- स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ, सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् ।

    प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका हुन् । मौन अवधिमा मतदाता प्रभावित पार्न उनी सक्रिय देखिन्छन् । बुधबार छोरी रेणु दाहालको निवासमा प्रचण्ड बसेका बेला प्रचण्ड निवासमा सरकारी र निजी गाडीको लावालस्कर लागेको थियो ।

    मौन अवधिबीच प्रचण्ड आज माडी गएका छन् । उनले आफ्नी छोरी भरतपुर महानगरपालिकाको मेयरको उमेदवार रेणु दाहाललाई भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गर्दै छन् । पाँच दलीय गठबन्धनबाट मेयरमा रेणु दाहालको उमेदवारी छ । मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीले जानकारी दिए ।

    ‘दुबै जनाले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्दै हुनुहुन्छ । कतिबेला गर्ने भनेर समय भने तय भइसकेको छैन, उनले भने । नेकपा (एमाले)का मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ सात हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ ।

    कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।

    विवेकशिल साझाका मेयरका उमेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभुत विद्यालयबाट मतदान गर्दै छन् । भोलि बिहान ८ बजेभित्र मतदान गरिसक्ने योजना रहेको उनले जानकारी दिए । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.