सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा मौन अवधिमा नमूना मतपत्र बाँड्दै पाँच दलीय गठबन्धन


  •    न्युजभित्तो/२८ बैशाख २०७९, बुधबार १९:५७ 
  • चितवन, २८ वैशाख । भरतपुरमा पाँच दलीय सत्ता गठबन्धनले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लघंन गर्दै नमूना मतपत्र वितरण गर्दै हिडेको पाइएको छ । गठबन्धनको टोलीले बा.१३ च १११८ नम्वरको स्कारपियो गाडीमा आज नमूना मतपत्र हालेर वितरण गर्दै हिडेको हो ।

    उक्त गाडीले पश्चिम चितवनको विभिन्न वडामा नमूना मत्रपत्र वितरण गरेको छ । नमूना मतपत्रमा साना दल र स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नै छैन । ठूला छ दलको मात्रै चिन्ह रहेको नमूना मतपत्र बाँडेको हो । भरतपुरमा काँग्रेसका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको भुइँकटहर चिन्ह, राप्रपाको हलो चिन्ह, जनमोर्चाको गिलास लगायत अन्य स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह उक्त नमूना मतपत्रमा छैन ।

    निर्वाचन आयोगले मौन अवधिमा कुनैपनि प्रचारात्मक गतिविधि गर्न नपाउने जनाएपनि गठबन्धनले आचारसंहित उलंघन गर्दै नमूना मतपत्र वितरण गर्दै हिडेको हो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गठबन्धनको ठूलो संख्यामा मत प्राप्त गर्ने भएपछि भ्रम सृजना गर्न यस्तो खालको मतपत्र वितरण गर्दै हिडिएको भरतपुरका एक स्थानीयले बताए ।

    मूख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले मौन अवधिको समयमा कुनैपनि प्रचारप्रसारको गतिविधि गर्न नपाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आचारसंहित २०७८ मा प्रष्टसंग उल्लेख भएको छ, यो अविधिमा कुनैपनि नाममा उम्मेदवारको प्रचारप्रसार हुने गतिविधि गर्न पाइँदैन ।’ उहाँले यस बिषयमा लिखित उजुरी परेमा छानविन अघि बढाउने बताउनुभयो । पौड्यालले मौन अवधिमा आचारसंहित पालना गर्न र गराउन सबै राजनीतिक दलहरुलाई ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो । मंगलबार मध्यरात १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.