मौन अवधिमा रेनु निवासमा सरकारी र निजी गाडीको लावालस्कर
न्युजभित्तो/२८ बैशाख २०७९, बुधबार १९:५०
चितवन, २८ वैशाख । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार रेनु दाहालको भाडाको निवासमा सरकारी गाडीको लाइन लागेको छ । आज (बुधवार) मौन अवधिको पहिलो दिन दाहालको निवास अगाडी ठूलो संख्यामा सरकारी र निजी गाडीहरुको लाइन लागेको हो ।
मौन अवधिको दिन मेयरका उम्मेदवारको घरमा ठूूलो संख्यामा सरकारी र निजी गाडीको लाइन लाग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भरतपुर राज्यशक्तिको चरम दुरुपयोग भएको भन्दै आलोचना हुने गरेको छ । यसअघि प्रचारप्रसारको अवधिमा पनि मन्त्रीहरुले नै आचारसंहित उलंघन गर्दै गठबन्धनका उम्मेदवारलाई भोट माग्दै हिडेका थिए ।
माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संघीय मन्त्री उमा रेग्मी, प्रदेश मन्त्री घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, कृष्ण खनाल, बलराम पौडेल लगायतका भिआईपिहरु निर्वाचनका लागि जिल्लामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।