भरतपुरको बालमन्दिरका चार वटा मतदान केन्द्रका सबै कर्मचारी महिला
न्युजभित्तो/२८ बैशाख २०७९, बुधबार ११:२८
भरतपुर, २८ वैशाख । भरतपुर महानगरपालिकाको एक मतदानस्थलका सबै मतदान केन्द्रमा महिला कर्मचारीलाई खटाइएको छ। भरतपुर महानगरपालिका वडा नं. १० स्थित बालमन्दिर आधारभूत विद्यालयका चारवटै मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उक्त कार्यालयका सूचना अधिकारी पुरुषोतम पौडेलका अनुसार चार केन्द्रमा कम्तीमा २० जना कर्मचारी महिला हुने छन्। प्रत्येक केन्द्रमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी हुने छन्।
पौडेलले ती केन्द्रहरूलाई स्वयंसेवक पनि सकेसम्म महिला नै खटाउन मौखिक निर्देशन दिइएको बताए। प्रत्येक केन्द्रले तीन जना स्वयंसेवक खटाउन पाउने छन्। सकेसम्म मतदान स्थलमा रहने सुरक्षाकर्मी पनि महिला खटाउने प्रयास भइरहेको उनले बताए।
‘धेरै केन्द्रमा महिला कर्मचारीहरू हुनुहुन्छ तर कम्तीमा एक केन्द्र भए पनि महिला कर्मचारी मात्रै भएको बनाऊँ भनेर प्रयास गरिएको छ,” पौडेलले भने, ‘यसले सकरात्मक सन्देश जाला भन्ने आशा छ।’
यो केन्द्रमा तीन हजार ३४२ जना मतदाता छन्। यहाँ अधिकृत तहका कर्मचारीहरू शान्ताकुमारी पौडेल, सुनिता चापागाईं बखरेल, डा स्मृति पौड्याल र स्वस्तिका चौहानलाई मतदान अधिकृत तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
भरतपुर महानगरपालिकाका सबै मतदान केन्द्रमा गरेर ८१ जना महिला अधिकृत खटिएका छन्। त्यस्तै ६५ वटा मतदानस्थल र २ सय २ वटा मतदान केन्द्र तोकिएको छ। यहाँ १ लाख ८५ हजार ७५२ जना मतदाता छन्। (सेतोपाटीबाट)