माडी वडा नं. ४ मा एमाले र राप्रपाबीच सहमति : वडा अध्यक्षमा एमाले, सदस्यमा एमाले तीन, राप्रपा एक
न्युजभित्तो/२७ बैशाख २०७९, मंगलवार १८:२७
माडी (चितवन) २७ वैशाख । वैशाख ३० गते हुने निर्वाचनमा माडी नगरपालिका वडा नं. ४ मा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सहमति भएको छ । सहमति अनुसार वडा अध्यक्ष एमालेका रामेश्वर महतोलाई राप्रपाका कृष्णबहादुर घर्तीले समर्थन गरेका गर्नुभएको हो ।
सहमति अनुसार वडा अध्यक्ष र तीन सदस्य एमालेका हुनेछन् भने एक सदस्य राप्रपाका हुनेछन् । राप्रपाकी खुल्ला सदस्य वनकुमारी महतोले एमालेकी कविताकाजी महतोलाई, राप्रपाकी दलित महिला सदस्य लक्ष्मी नेपालीले नेकपा एमालेकी फुलमाया नेपालीलाई समर्थन गर्नुभएको छ ।
यस्तै राप्रपाका खुल्ला सदस्य सुकबहादुर विकले एमालेका देवानन्द महतोलाई र एमालेका खुल्ला सदस्य लाखनाथ पाण्डेले राप्रपाका खुल्ला सदस्य कृष्णप्रसाद पाठकलाई समर्थन गर्नुभएको हो ।उहाँहरुले आज एक कार्यक्रमकाबीच हस्ताक्षर गर्नुभएको एमाले माडीका सचिव श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।