चितवनमा पेशाकर्मी, बुद्धिजीविहरुद्वारा गठबन्धनको पक्षमा मतदानको लागि आह्वान
न्युजभित्तो/२७ बैशाख २०७९, मंगलवार १७:०१
चितवन, वैशाख २७–चितवनमा रहेको बुद्धिजीवि एवं पेशाकर्मीहरुले भरतपुर महागनरपालिकामा रेनु दाहाल र चित्रसेन सहितको सम्युक्त गठबन्धनको प्यानललाई जिताउन अपिल गर्दै मंगलबार विहान नारायणगढमा प्रभातफेरी गरेका छन् ।
अग्रभागमा पेशाकर्मी बुद्धिजीवि नागरिक अभियान, लोकतन्त्र र संविधानको रक्षा एवं विकासको लागि गठबन्धनलाई मतदान भन्ने व्यानर सहित बजारमा प्रभात फेरी गरेका हुन् ।
पेशाकर्मी र बुद्धिजीवि नागरिकको नाममा आयोजना गरिएको उक्त प्रभात फेरी नारायणगढ पुलचोकबाट शुरु भएर लायन्सचोकमा समापन गरिएको थियो । समापन कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल बुद्धिजीवि संगठनका केन्द्रीय अध्यक्ष कृष्ण केसी, कृषि तथा वन विज्ञान विश्वविद्यालयको पूर्व रजिष्टार प्राडा सूर्यकान्त घिमिरे, क्यान्सर अस्पतालका पूर्व कार्यकारी निर्देशक डा बिजयचन्द्र आचार्यलगायतले बोलेका थिए । उनीहरुको एउटै मात्र जिष्ट (भनाईको अर्थ) थियो, विकास, समृद्धि र सुशासनको लागि एक पटक फेरी रेनु दाहाल, चित्रसेन लगायत गठबन्धनका उम्मेदवारलाई मतदान गरौ ।
कार्यक्रममा प्राध्यापक, शिक्षक लगायतका पेशाकर्मी एवं वुद्धिजीविहरुको सहभागिता रहेको थियो । यसै विच पेशाकर्मी र बुद्धिजीविहरुले एक विज्ञप्ति मार्फत गठबन्धनका उम्मेद्वार रेनु दाहाललाई महानगरको प्रमुख र चित्रसेन अधिकारीलाई उपप्रमुखलगायत लाई विजय गराउन अपिल गरिएको छ ।