माडी २६ वैशाख । माडी नगरपालिका वडा नं ५ पिपरीयाका माओवादी कार्यकर्ताहरु सोमवार पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कमल महतोको नेतृत्वमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका २२ जना थारु युवाहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञावलीले स्वागत गरी पार्टी प्रवेश गराउनुभएको थियो ।
माओवादीको कार्यशैलीबाट असन्तुष्ट बनेका युवाहरुलाई पार्टी प्रवेश गराउँदै नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञावलीले जनताका समस्या समाधान गर्ने पार्टी नेकपा एमालेनै भएको हुनाले कसैको डर धम्कीबाट विचलित नभई पार्टीका गतिविधिमा लाग्न आग्रह गर्नुभयो ।
माओवादी परित्याग गरी एमाले प्रवेश गरेका कमल महतोले माओवादीले आफ्नो टोललाई उपेक्षा गरेको, विकासको लागि कुनै पहल नगरेको, आफ्नालाई मात्र अवसर दिएको,माओवादी कार्यशैली मन नपरेको बताउनुभयो । नेकपा एमालेले जन भावनाअनुसार काम गरेकोले नेकपा एमालेमा प्रवेश बताउदै कमल महतोले अब प्रतिबद्धत भएर नेकपा एमालेलाई जिताउने अभियानमा लाग्ने जानकारी दिनुभयो ।
स्थानीय निर्वाचनको माहौल चरिरहेको समयमा विभिन्न स्थानहरुमा आयोजित चुनावी सभाहरुमा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।