सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले चितवनद्वारा नागरिकको जीउधनको सुरक्षाको माग


  •    न्युजभित्तो/२६ बैशाख २०७९, सोमबार १५:५२ 
  • चितवन, वैशाख २६- नेकपा एमाले चितवनले प्रहरी प्रशासनसँग सम्पूर्ण नागरिकको सुरक्षाको सुनिश्चितता गर्दे संंवेदनशील बन्न माग गरेको छ । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आज एक विज्ञप्ति जारी गरी चितवनमा वैशाख २४ गते र २५ गते घटेको दुई घटनाले शान्ति सुरक्षाको सुनिश्चितता हुन नसकेको बताउँदै सबै नागरिकको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासनासमक्ष माग गरेको हो ।

    विज्ञप्तिमा वैशाख २४ गते खैरहनी ६ बस्ने राष्ट्रिय युवा संघ खैरहनीका उपाध्यक्ष कुमार थापामगरलाई खुकुरी प्रहार गरी घाइते बनाइएको छ । यसैगरी वैशाख २५ गते राति भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि भरतपुर–१२ बस्ने अनिल परियारमाथि सांघातिक हमला गरी हत्या भएको उल्लेख गरिएको छ । एमाले चितवनले निर्वाचनको मुखैमा यस प्रकारका घटना घट्नु र सरकारी पक्षले शान्ति सुरक्षाको सुनिश्चितता गर्न नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    ‘दुवै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेकपा एमाले सबै प्रकारको हिंसा र अपराधजन्य कार्यको विरुद्धमा रहेको विज्ञप्तिमा जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.