सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरका वडाध्यक्षहरु भन्छन् : विकासको लहर ल्याउन सहज बन्यो


  •    न्युजभित्तो/२६ बैशाख २०७९, सोमबार १०:३४ 
  • भरतपुर,२६ बैशाख –  वैशाख,भरतपुर महानगरका वडाध्यक्षहरुले वडास्तरीय बजेट बाँडफाडमा राजनीतिक पूर्वाग्रह नभएको दाबी गरेका छन् । ५ वर्षको अवधिमा महानगरले वडाकै आवश्यकताका आधारमा बजेट विनियोजन गरेर वडाको समग्र विकासमा योगदान पु¥याएको बताएका छन् । अब बन्ने मेयर, उपमेयरले बजेट विनियोजनमा विगतमा जस्तै समान सोच राखेर बजेट बाँडफाड गर्न उनीहरुले सुझाएका छन् ।

    कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले वडातहसम्म विकासको लहर भित्र्याउन मेयर, उपमेयरले खेलेको भूमिकाको समेत उनीहरुले प्रशंसा गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले वडामा ढल तथा नाला व्यवस्थापनमा धेरै प्रगति भएको बताउनुभयो । उहाँले महानगर नेतृत्वले वडाध्यक्ष कुन दलका भनेर भेदभाव नगरी बजेट विनियोजन भएको बताउनुभयो ।

    वडा नम्बर ८ का वडाध्यक्ष दामोदर न्यौपानेले वडाबाट सिफारिस भएका योजनाहरु बजेट अभावमा फिर्ता गर्नुनपरेको बताउनुभयो । “२९ वडाकै समान विकासमा महानगर नेतृत्व प्रतिवद्ध बनेको थियो”, उहाँले भन्नुभयो, “नगरस्तरीय योजनामार्फत पनि वडाको विकासमा सघाउने काम भएका थिए ।”

    वडा नम्बर १४ का वडाध्यक्ष ओमप्रसाद पोखरेलले वडास्तरीय बजेटको अतिरिक्त नगरस्तरीय योजनामा समेत वडाहरुलाई समान दृष्टिले सहयोग पुगेको बताउनुभयो । प्रहरी स्कुल, आर्युवेदिक अस्पताल लगायतका ठुला योजनाहरु वडामा लागु हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । वडा नम्बर १९ का वडाध्यक्ष कर्णबहादुर गुरुङले शहरी खानेपानी आयोजनाका लागि वडामा ५७ करोड बजेट परेको बताउनुभयो । उहाँका अनुसार खानेपानी आयोजनाका लागि ४ हजार ५ सय मिटर पाइपलाइन विस्तार भैरहेको बताउनुभयो ।

    वडा नम्बर २७ का वडाध्यक्ष गोविन्द तामाङले बाढी, जनावरको जोखिमबाट वस्ती जोगाउन महानगरले वडालाई सहयोग गरेको बताउनुभयो । महानगरले बजेट बाँडफाडका सूचकहरुका आधारमा वडास्तरीय योजनाका लागि पहिलो वर्ष ९० लाख, दोस्रो वर्ष १ करोड १० लाख, तेस्रो वर्ष १ करोड १५ लाख, चौथो र पाँचौ वर्षमा समान १ करोड हाराहारीको बजेट वडातहमा पठाएको थियो ।विकासमा पछि परेका, अति महत्वपूर्ण योजना माग भै आएका वडाहरुलाई थप बजेट समेत व्यवस्था गरेको थियो । वडास्तरीय बजेट अपुग भएमा नगरस्तरीय योजनामार्फत वडाको विकासमा सघाउने नीति महानगरले लिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.