सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिमराका जनता ताराकाजीलाई मेयर बनाउन आतुर


  •    न्युजभित्तो/२४ बैशाख २०७९, शनिबार २१:०४ 
  • माडी २४ बैशाख। माडी नगरपालिका वडा नं ३ सिमराका अधिकांश मतदाताहरुले हामीलाई दुःखमा साथ दिने ताराकाजीलाई मेयर बनाउन आतुर रहेको प्रतिक्रिया दिएका छन् ।

    माडी नगरपालिका मेयर पदमा उम्मेद्वारी दिएर शनिबार सिमराका मतदाताहरुमाझ मत माग्न पुग्नुभएकी ताराकाजी महतोलाई मतदाताहरुले भने,” हामी हजुरलाई चाँडै माडी नगरपालिकाको मेयरमा निर्वाचित बनाउन आतुर छौं ।”

    मतदाताहरुसँग भेटघाट गरी सिमराको बगैंचामा आयोजित कोणसभामा बोल्दै मेयर पदकी उम्मेदवार ताराकाजी महतोले माडीका समस्याहरुको बारेमा आफू जानकार रहेकोले मेयरमा निर्वाचित भएर माडीका समस्याहरु समाधान गर्नमा नै जीवन समर्पण गर्ने बताउनुभयो।

    नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी ताराकाजी महतोसमक्ष सिमराका बासिन्दाले सिमरामा जनावर ,नदी कटान र पुलको समस्या भएकोले तत्काल पहल गर्न आग्रह गरेका थिए।

    चुनावी कोणसभामा नेकपा एमाले निर्वाचन परिचालन कमिटी माडीका संयोजक श्यामकुमार बिष्टले नेकपा एमालेको सरकारले नै देशमा विकासको लहर ल्याएको जनाउँदै समग्र माडीको विकासका लागि माडी नगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभयो।

    नेकपा एमाले माडी नगरकमिटीका सचिव प्रसाद दवाडीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडाध्यक्ष पदका उम्मेदवार मधुराम महतो,वडा सदस्यमकी उम्मेदवार मनीकुमारी महतोले अन्य पार्टीले कुनैपनि उम्मेदवार नदिएर सिमराका जनतालाई उपेक्षा गरेको बताउदै जनताका समस्या बुझेर समाधान गर्ने पार्टी नेकपा एमाले नै रहेको जानकारी दिनुभयो।

    मेयरमा उम्मेदवार ताराकाजी महतोसहितको टोलीले माडी ३ को सिमरा ,रेवाटोल लगायतका स्थानहरुमा घरदैलो गर्नुका साथै चुनावी सभाहरु गरेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.