सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका सात पालिकाका लागि आए ४ लाख ३४ हजार मतपत्र


  •    न्युजभित्तो/२४ बैशाख २०७९, शनिबार १७:५३ 
  • भरतपुर, २४ वैशाख । चितवनका ७ पालिकामा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा चार लाख ३४ हजार मतपत्र आइपुगेको छ । शुक्रबार साँझ भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जनाएको हो ।

    भरतपुरको लागि ४१० बण्डल र बाँकी छ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो । एउटा बण्डलमा ५०० वटा मतपत्र हुन्छन । चितवनको मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेकोमा सो भन्दा ३६ हजार ३१५ बढी मतपत्र ल्याइएको छ ।

    आयोगको नीति अनुसार नै मतदाताको संख्या भन्दा केही बढी मतपत्र पठाएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले बताए ।प्याकिङ भएर आएको मतपत्रको बण्डलभित्र प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने भएकाले आयोगले करिब १० प्रतिशत बढी मतपत्र पठाउने गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

    भरतपुर महानगरपालिकाको लागि दुई लाख पाँच हजार मतपत्र आएको छ । भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरमा ६५ वटा मतदानस्थल र २०२ मतदान केन्द्र तोकिएको छ । महानगरबाहेक छ पालिकाको लागि दुई लाख २९ हजार मतपत्र आइपुगेको छ ।

    रत्ननगर नगरपालिकामा मतदाताको संख्या बढेर ५२ हजार ६ सय ४२ पुगेको छ । यस नगरमा २१ वटा मतदानस्थल र ६० वटा मतदान केन्द्र तोकिएका छन् । राप्ती नगरपालिकामा यसपटक मतदाताको संख्या ४० हजार ६ सय ४९ पुगेको छ । यहाँ १८ वटा मतदानस्थल र ४७ वटा केन्द्र तोकिएको छ । कालिका नगरपालिकामा मतदाताको संख्या ३१ हजार १ सय ५७ छ । यस नगरमा ११ वटा मतदानस्थल र ३७ मतदान केन्द्र तोकिएका छन् ।

    खैरहनी नगरपालिकामा ४३ हजार ५ सय ३१ रहेका छन् । पुरुष मतदाता २० हजार ७ सय ३२ छन् भने महिला मतदाता संख्या २२ हजार ७ सय ९९ पुगेको छ । खैरहनी नगरपालिकामा १७ मतदानस्थल र ५१ मतदान केन्द्र तोकिएका छन् ।
    माडीमा २८ हजार २ सय ३० पुगेको छ । माडीमा १५ मतदानस्थल र ३२ केन्द्र तोकिएको छ ।इच्छाकामना गाउँपालिकामा मतदाता संख्या १५ हजार ६ सय ३४ छ । यहाँ १४ वटा मतदानस्थल र २२ वटा केन्द्र तोकिएका छन् । भरतपुरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन् । तर उमेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै छन् ।

    सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । २७ वैशाखमा सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपत्र दिएर पठाइने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । मतपत्रको ढुवानी नेपाली सेनाले गर्छ ।

    मतपत्रको सुरक्षाको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्ने छन् । मतदान केन्द्रमा मतपत्र पुगिसकेपछि प्रहरीको सइ वा असइको कमाण्डमा मतपत्रको सुरक्षा गरिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.