सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको मतगणना तारजालीभित्र सिसि क्यामराको निगरानीमा


  •    न्युजभित्तो/२४ बैशाख २०७९, शनिबार १२:२० 
  • चितवन, २४ वैशाख । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडानको तयारी गरिएको छ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्रै च्यातिएपछि यस वर्ष मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडान गर्न लागिएको हो ।

    वैशाख ३० गते हुने मतदानपछि मतगणना भरतपुर– १० स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको ब्लक ‘सी’ मा हुँदै छ। कार्यालयले ‘ए’ र ‘बी’ ब्लकलाई सिलबन्दी गरेर ‘सी’ ब्लकमा गणना गर्न लागेको छ।

    ‘मतपत्रको सुरक्षा र मतगणनालाई निष्पक्ष बनाउन हामी संवेदनशील तरिकाबाट लागेका छौं,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोत्तम पौड्यालले भने, ‘मतगणनास्थलमा सिसिटिभी जडानको काम भइरहेको छ।’ उनका अनुसार, मतगणनास्थलमा ८ वटा सिसिटिभी जडान हुँदै छन्।

    बढीमा सात ठाउँबाट गणना गर्ने गरी काम अगाडि बढेको उनले बताए। सुरुवाती चरणमा एक ठाउँबाटै मतगणना गर्ने र पछि विस्तार गरिने उनको भनाइ छ। ‘सी’ र छबी’ ब्लकको बीच भागमा मतपेटिका राख्ने व्यवस्था गरिएको उनले बताए। मतगणनास्थलमा निर्वाचन अयोगले पनि सिसिटिभी जडान गर्न पत्रचार गरेको छ। आयोगको निर्देशनअनुसार, चितवनका सातवटै स्थानीय तहमा आयोगले हेर्न मिल्ने गरी सिसिटिभी जडान हुँदै छ ।

    पहिले वडा नम्बर १९ मा मतगणना हुँदै गर्दा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यस्तै जेठ १४ गते मध्यरातमा भएको घटनापछि सो वडामा पुनः मतदान भएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.