सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा निर्वाचन आचासंहितको ठाडै उल्लघंन, रेनुलाई भोट माग्दै भूमिहिनलाई निस्सा बाँड्दै


  •    न्युजभित्तो/२३ बैशाख २०७९, शुक्रबार १४:०७ 
  • चितवन, २३ बैशाख । निर्वाचन आचारसंहिता–२०७८ को ठाडै उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा (माओवादी केन्द्र)ं निकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले आज शुक्रबार सुकुम्बासी तथा भूमिहिनलाई भूमिको निस्सा बाँडेका हुन् ।

    निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरुले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहिनलाई निस्सा बाँडेको स्वीकार गरे । लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उनको दावी छ । स्सा बाँड्ने काम र जग्गा नाप्ने काम भइराख्ने उनले बताए ।

    भूमिहिन सुकुमबासीले मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीलाई विजयी गराउन प्रतिबद्धता जनाएको उनले फेसबुक स्टाटसमा लेखेका छन् । कार्यक्रममा सहभागी एक स्थानीयका अनुसार माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्ष र मेयरका उम्मेदवारलाई भोट हाल्न दवाव समेत दिइएको छ । आयोगका पदाधिकारीले माओवादीलाई भोट नहाले निस्सा र लालपूर्जा नपाउने चेतावनी समेत दिएका छन् ।

    जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताए । उजुरी आए कारबाही गर्न सकिने उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.