सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेनु जीलाई कुनै पनि शंका नगरी काँग्रेसले भोट दिएर जिताउनुपर्छ : प्रधानमन्त्री देउवा


  •    न्युजभित्तो/२२ बैशाख २०७९, बिहीबार १७:०४ 
  • भरतपुर,२२ बैशाख। प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धनवाट भरतपुर महानगरपालिकामा साझा उम्मेदवार बनेकी रेनु दाहाललाई कुनै पनि शंका नगरी काँग्रेसका नेता-कार्यकर्ताले भोट दिएर जिताउन आग्रह गरेका छन् ।

    पाँच दलीय सत्ता गठबन्धनको आज चितवनको भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले रेनुले भरतपुरमा धेरै उल्लेखनीय विकास निर्माणको काम गरेकोले कुनै शंका नगरी काँग्रेसले भोट दिएर जिताउन आग्रह गरेका हुन् ।

    देउवाले भरतपुरमा रेनुले जितिसकेको समेत दावी गरे । देउवाले रेनुलाई जिताएपछि गठबन्धन बलियो हुने र यसमा कांग्रेसका नेता-कार्यकर्ताले कुनै बखेडा झिक्न नहुने बताए ।

    रेनुको प्रशंशा गर्दै देउवाले बेरुजु नभएको महानगर भरतपुरको मेयर भएकोले बेरुजु पुरै फछर्योट भएको बताए । उनले भरतपुरका हरेक गल्ली कालोपत्रे भएको, स्मार्ट सिटी बनाउने घोषणा गर्नुका साथै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन प्रयास समेत गरिरहेको भनेर रेनुको प्रशंशा गरे ।

    देउवाले भरतपुरमा रेनुलाई जिताउनु कांग्रेसको कर्तव्य समेत रहेको बताए । देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने सचेत गराए ।

    यस्तै सभापति देउवाले कांग्रेसका ८२ प्रतिशत कार्यकर्ता गठबन्धनको पक्षमा रहेको दावी समेत गरेका छन् । देउवाले कांग्रेसको महाधिवेशनमा आफूले ८२ प्रतिशत मत पाएर काँग्रेस सभापतिमा विजयी भएकोले गठबन्धनको अनुमोदन गरेको जिकिर समेत गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.