सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन, जगन्नाथ जिले धैर्य गर्न सक्नु भएन : पौडेल


  •    न्युजभित्तो/२२ बैशाख २०७९, बिहीबार १६:३१ 
  • चितवन,२२ बैशाख– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन अहिलेको आवश्यकता रहेको बताएका छन् ।

    आज (बिहीबार) भरतपुरमा सत्ता गठन्बन्धनले आयोजना गरेको चुवानी सभालाई सम्बोधन गर्दै उनले देशलाई स्थीरता तर्फ लैजान गठबन्धन आवश्यक रहेको तर्क राखे । उनले देशमा केपी ओलीले तानासाही लाद्न खोजेकोले अहिले पाँच दलिय गठबन्धन गरिएको समेत स्पष्ट पारे ।

    उनले पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला आफुले गठबन्धनको आह्वान गरेको बताए । ‘मलाई साथीहरुले त शेरबहादुर जिसँग मिल्न गईस् भने, उनले भने,’शेर बहादुर जिले भन्दा पहिला मैले हो गठबन्धनको आह्वान गरेको ।’

    केन्द्रसम्म गठबन्धनको सरकारलाई स्थानीय तहबाट नै गठबन्धनको अभ्यास गरिएको समेत उनको भनाइ थियो । यस्तै उनले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले गठबन्धनको आवश्यकता र तर्क बुझ्न नसकेको बताए । उत्तेजना र भावनामा बगेर जगन्नाथ पौडेलको समूह चुनावमा उत्रिएको बताए ।

    ‘मैले जगन्नाथ जिसँग भेटे । जगन्नाथ जिहरुले धैर्यता राख्न सक्नु भएन । उहाँहरु तर्कको सामना गर्न सक्नुभएन । उत्तेजना र भावनामा बगेर उत्रिनु भयो ।’ उनले कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग नभई ओलीसँग भएको बताए । ‘

    उनले अघि भने, ‘हाम्रो प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्ड जिसँग होइन । केपी ओलीसँग हो । ओली प्रवृतिसँग हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.