भरतपुरमा रेनु दाहाल नेतृत्वको टिमको जीत सुनिश्चित छ : शंकर भण्डारी
न्युजभित्तो/२२ बैशाख २०७९, बिहीबार १५:५०
चितवन,२२ बैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शंकर भण्डारीले भरतपुर महानगरपलिकामा रेनु दाहाल नेतृत्वको टिमको जीत सुनिश्चित भएको बताएका छन् । उनले गठबन्धकोतर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालको जित सुनिच्चित भएको बताएका हुन् ।
आज (बिहीबार) भरतपुरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षे कार्यकालमा रेनु दाहालले गरेका बिकासको निर्माणका कारण दाहालको जित सुनिच्चित भएको बताएका हुन् । नेता भण्डारीले भने, ‘भरतपुर महानगरमा रेनु दाहाल नेतृत्वको टिमको जीत सुनिश्चित छ । अग्रिम बधाई छ, शुभकामना छ ।’
उनले ४६ पछि नेपालको राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दा पनि काँग्रेससँगको गठबन्धन नै सफल भएको बताए । ‘अरु गठबन्धन टिकेका छैनन्, काँग्रेससँगको गठबन्धन सफल भएका छन्’, भण्डारीको भनाइ छ । उनले चितवनमा गठबन्धन बलियो हुँदै गएको भन्दै गठबन्धनलाई सफल बनाउन सबैलाई आग्रह गरे ।