पाँच वर्षमा बिकासको कास्टिङ देखायौं, अब फिल्म देखाउँछौं : रेनु दाहाल
न्युजभित्तो/२२ बैशाख २०७९, बिहीबार १५:३७
चितवन,२२ बैशाख – भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले पाँच वर्षे कार्यकालमा बिकासको जग बसेको बताएकी छन्
आज (बिहीबार) भरतपुरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएकी हुन् । उनले पाँच वर्षमा बिकासको कास्टिङ देखाएको भन्दै अब निर्वाचित भए फिल्म देखाउने दावी गरिन् ।
उनले भनिन्,’हामीले पाँच वर्षमा कास्टिङ देखायौं, अब फिल्म देखाउन बाँकी छ ।’ उनले भरतपुरमा पाँच दलिय गठबन्धन साझा तरिकाले अघि बढ्ने बताईन् । यस्तै उनले भरतपुरलाई रोजगार बैंक बनाउने दावी गरिन् ।
उनले चितवनका सबै पालिकामा गठबन्धनको जित सुनिश्चित रहेको समेत दावी गरिन् ।