सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतपत्र च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिन्छ : एमाले नेता ज्ञवाली


  •    न्युजभित्तो/२२ बैशाख २०७९, बिहीबार १२:१५ 
  • भरतपुर । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य देवी ज्ञवालीले जनताले दिएको मत च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिने बताएका छन् । नेकपा एमाले भरतपुर वडा नं १० को चुनावी कार्यक्रम अन्तर्गत गौतम चोकमा भएको कोण सभालाई आज सम्बोधन गदै उनले जनताले माया गरेर दिएको मतलाई अपमान गर्न नहुने बताए ।

    ज्ञवालीले भरतपुरमा माओवादीको हैकमवाद र परिवारवादले भरतपुरवासी आजित भएको भन्दै महानगरको सक्षम नेतृत्वका लागि एमालेका उमेद्वारलाई मतदान गर्न अनुरोध गरे । एमाले चितवनका जिल्ला ईन्चार्ज समेत रहेका ज्ञवालीले विकासको चर्काे गफ गर्ने तर यथार्थमा महानगर भताभुङ्ग भएको बताए ।

    गएराती परेको एकझरको पानीले गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबान भएको भन्दै रेनु दाहालले गरेको विकासको हविगत त्यहि देखिएको बताए ।

    नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिका वडा नं १० को अध्यक्षको उमेदवार भक्ति गौतमले पानीको निकाससहितको विकास गर्ने बताएका छन् ।

    विना योजना सडक निर्माण गर्दा सामान्य वर्षामा पनि पानी जम्ने समस्या रहेकाले आउँदा दिनमा आफ्नो नेतृत्वले ढल निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । चुनावी प्रचारका क्रममा घरदैलो गर्दै उनले पहिलो काम नै डुवान समस्या मुक्त गर्ने बताए ।

    स्थानीयको सुझावलाई ध्यान दिएर मात्र कार्य सम्पादन गर्ने उनको प्रतिबद्धता छ । कार्यक्रममा वडा इन्चार्ज विष्णु अधिकारी, महानगर कमिटी सदस्य मिनराज गौतम, नेकपा एमालेका वडा अध्यक्ष नहेन्द्र खड्का, उपाध्यक्ष चन्द्रलाल तामाङ, सचिव बद्री खनाल, उपसचिव बिज्ञान पौडेल, चिन्तामणी कडेललगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.