भरतपुरमा आज सत्ता गठबन्धनको चुनावी सभा, प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरुले सम्बोधन गर्ने
न्युजभित्तो/२२ बैशाख २०७९, बिहीबार ११:४९
भरतपुर,२२ बैशाख– आज (बिहिबार)सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गर्दै छ । आज मध्यान्ह १२ बजे हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।
भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने छन् ।
उक्त सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने जनाइएको छ । काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सभालाई सम्बोधन गर्न काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बुधबार नै चितवन आईपुगेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल विहान ९ बजेको उडानमा चितवन आउन लागेको खनालले बताए । उनका अनुसार गठबन्धनका शीर्ष चार नेताका साथै अन्य १० जना केन्द्रीय नेताको सम्बोधन रहने छ । त्यसका लागि गठबन्धनको जिल्ला संयन्त्र आन्तरिक तयारीमा रहेको खनालले जानकारी दिए ।
चितवनका सबै पालिकामा गठबन्धन चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएको छ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।