सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामचन्द्रलाई जगन्नाथको जवाफः म पछि हट्दिन,सक्नुहुन्छ भने रेनुलाई फिर्ता गराउनुस्


  •    न्युजभित्तो/२२ बैशाख २०७९, बिहीबार ११:०६ 
  • चितवन,बैशाख २२- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका कारवाहीमा परेका कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, मेयरका उमेदवार जगन्नाथ पौडेललगायतको टोलीसँग छलफल गरेका छन् । सभापति शेरबहादुर देउवासँगै चितवन पुगेका पौडेलले त्यहाँका नेताहरुसँग छुट्टै छलफल गरेका थिए । नेता रामचन्द्र पौडेलले सभापति देउवासँग कुरा गरेर उमेदवारी फिर्ता लिइदिन आग्रह गरेका थिए ।

    त्यसपछि चितवनका कांग्रेस नेताहरु आक्रोशित भएका थिए । “सक्नुहुन्छ भने रेनुलाई फिर्ता गराउनुस् । उमेदवारी फिर्ता लिने बैठकमा बस्दैनौँ । तपाईंले बोलाउनुभयो, तपाईंको अपमान नहोस् भनेरमात्रै आएका हौँ । उमेदवारी फिर्ता गराउने कुरै नगर्नुस्,” जगन्नाथ पौडेलको भनाइ थियो ।

    पौडेलका समर्थक बयोवृद्ध नेता कृष्णलाल सापकोटाले पनि अब सभापति शेरबहादुर देउवासँग कुरा गर्नुको कुनै औचित्य नभएकाले फेरि भेट्न नआउने बताएका थिए । “मैले ढाँटेर कुरा गर्दिनँ, तपाईंहरुसँग कुरा गर्न म फेरि यहाँ आउँदिन,” सापकोटाको धारणा थियो ।

    नेता रामचन्द्र पौडेलले सभापति देउवासँग कुरा गर्न प्रस्ताव राखेको भए पनि चुनावी अभियान भएकाले आफूहरुलाई अहिले समय नभएको भन्दै चितवनका कांग्रेस नेताको टोली त्यहाँबाट निस्किएको थियो । सो टोली चुनावी अभियानमा जानुछ भन्दै सोही होटलमा रहेका सभापति देउवालाई नभेटी निस्किएको थियो ।

    उमेदवार जगन्नाथ पौडेल, प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतका नेता देउवा, पौडेलसहितका नेता बसेको सिराइचुली होटलमा आएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.