सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा गठबन्धनकाे आमसभास्थल डुब्याे, भ्याकुम लाएर पानी फालियो


  •    न्युजभित्तो/२२ बैशाख २०७९, बिहीबार १०:४६ 
  • भरतपुर, वैशाख २२।  सत्ता गठबन्धनले आज संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेपछि अहिले पानी निकाल्ने काम भइरहेको छ । गए राति परेको वर्षाका कारण आमसभास्थल भरतपुरको केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको छ । 

    वर्षाका कारण सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभास्थलमा राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् । नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले पानीलाई अहिले जेसिबीको सहयोगमा नाला खोलेर पन्छाउने काम गरिरहेको बताए । 

    यस्तै पाँचवटा जेनेरेटेरको प्रयोग गरी भ्याकुमबाट ताल परेको पानीलाई बाहिर फाल्ने काम पनि भइरहेको छ ।  बिहानैदेखि चुनावी सभास्थलमा नेताकार्यकर्ता जम्मा भएर डुबानमा परेका मञ्चका साम्रगी मिलाउने काम पनि गरिरहेका छन् । संयोजक अधिकारीका अनुसार तीन घण्टाभित्र पानी पन्छाइ ११ बजे कार्यक्रम सुरु गर्ने तयारी छ । 

    सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बाेधन गर्न देउवा बुधबार नै भरतपुर पुगिसकेका छन् । 

    भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल प्रमुख र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार छन् । कांग्रेसकै नेता जगन्नाथ पौडेलले मेयरमा बागी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.