चितवन प्रशासनको चेतावनी : आचारसंहिता उल्लघंन गर्नेको उम्मेदवारी रद्ध हुन्छ
न्युजभित्तो/२१ बैशाख २०७९, बुधबार १५:४३
चितवन,२१ बैशाख– जिल्ला प्रशासन कार्यालय चितवनले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आज (बुधबार) एक सूचना जारी गर्दै चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेका हुन् ।
प्रशासनले निर्वाचन आचारसंहिता २०७८ विपरित सार्वजनिक स्थलमा दलको झण्डा तथा दल वा उम्मेदवारको चुनाव चिन्ह राख्न, उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा राख्न, डिजिटल बोर्ड वा फ्लेक्स राख्न तथा श्रव्य दृश्य सामाग्री प्रसारण गर्न नपाउने जनाएको छ ।
आचारसंहिता विपरितका सामाग्री राखिए सोही स्थानीय तहका उम्मेदवारले राखेको ठहर गरी उम्मेदवारी रद्ध गरिने प्रशासनले चेतावनी दिएको छ । यस्तै सम्बन्धित उम्मेदवार तथा दललाई एक लाखसम्मको जरिवाना हुन सक्ने पनि सूचनामा भनिएको छ ।