रत्ननगरमा कांग्रेसले पाएको वडाध्यक्षको टिकट खोसियो, पार्टी कार्यालयमा तोडफोड
न्युजभित्तो/२१ बैशाख २०७९, बुधबार १४:५९
चितवन,२१ बैशाख – चितवनको रत्ननगरमा वडाध्यक्षको टिकट नपाएको भन्दै कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् ।
कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट माओवादी केन्द्रलाई दिईएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर तालाबन्दी गरेका हुन् ।
कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्सी-टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन्। कांग्रेसले नगर सचिवसमेत रहेकी अर्याल वडाध्यक्षको उम्मेदवार बनेर चुनाव प्रचारप्रसारको अन्तिम चरणमा पुगेका बेलामा उनको टिकट खोसिएको थियो ।
अर्यालको ठाँउमा सत्ता गठबन्धनले माओवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरु आक्रोशित बनेका हुन् ।