सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धनका उम्मेद्वारलाई जिताउन सबै लागौंः टेकप्रसाद गुरुङ


  •    न्युजभित्तो/२१ बैशाख २०७९, बुधबार ११:११ 
  • चितवन, वैशाख २१– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले पार्टीको निर्णय सबै नेता तथा कार्यकर्ताले मान्नुपर्ने बताएका छन् ।नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको बताए । उनले पार्टीले गरेको निर्णय अनुसार गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आह्वान समेत गरेका छन् । आफू तत्कालै मत माग्न नहिडेको भन्दै सल्लाह माग्ने साथीहरुलाई गठबन्धनको पक्षमा माहोल बनाउन आग्रह गर्ने गरेको बताए । ‘म मत माग्न हिँडिसकेको छैन, साथीहरुलाई सल्लाह दिइरहेको छु, गठबन्धनलाई साथ दिनुपर्छ भनिरहेको छु’–नेता गुरुङले भने ।

    नेता गुरुङले सुरुवाती समयमा आफू गठबन्धनको विरोधमा रहेपनि एउटा राजनीतिक पार्टीको कार्यकर्ता भएको नाताले आफ्नो हाइकमाण्डले गरेको निर्णय मान्नै पर्ने अवस्थामा पुगेको बताए । ‘५२ वर्ष नेपाली कांग्रेसमा हिडिसेको छु, पार्टीमा ५२ वर्ष लगानी गरेको मेरो जवानीलाई फालेर बस्न सक्ने अवस्था रहदैन, त्यसैले केन्द्रको निर्णय मान्नुपर्ने आवश्यकता देखेको छु, साथीहरुलाई त्यही कुरा भनेको छु ।’–गुरुङले भने ।

    यस्तै नेता गुरुङले बागी उम्मेद्वारी दिएका जगन्नाथ पौडेलसंग आफ्नो कुनै सरसल्लाह नभएको स्पष्ट पारे । ‘कृष्णलालजीले म बागी उठ्छु भन्दा हामी हुन्छ नि त भनेकै हौं, तर जगन्नथाजीसंग बागी उम्मेद्वारी बारे हाम्रो संवाद भएको छैन, उहाँले किन हाल्नु भयो हामीलाई थाहा छैन’–नेता गुरुङले भने ।

    उनले दुई महामन्त्री विश्वप्रकाश र गगन थापाले नै महानगरको मेयरमा रुखमा भोट हाल्न पाउँछन् भनेपछि आफूहरु हौसिएर सुरुवाती समयमा गठबन्धनको विरोधमा उत्रिएको बताए । सोही अनुसार काठमाडौंसम्म पुगेर भरतपुरको मेयर नछोड्न अडान कसेको स्मरण गराउँदै अब पार्टीको निर्णय मान्नै पर्ने अवस्थामा आइपुगेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.