सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जेसीको ककसमा माडीका मेयरका उमेरद्वारको प्रतिबद्धता : नमूना माडी बनाउँछौं


  •    न्युजभित्तो/२० बैशाख २०७९, मंगलवार १६:२२ 
  • माडी २० वैशाख । “शासन व्यक्तिको होइन विधिको हुनुपर्छ” भन्ने मूल नाराका साथ माडी नगरपालिकाका मेयरका उम्मेद्वारहरुका लागि “ककस” कार्यक्रम आज मङ्गलवार माडी वसन्तपुरमा सम्पन्न भएको छ । माडी जेसीजको आयोजनामा सञ्चालित कार्यक्रममा बोल्दै माडी नगरपालिका मेयरकी प्रत्यासी ताराकुमारी काजी महत्तोले नगरपालिकाको यसअघिको कार्यकालमा हामीले अगाडि बढाएका कामहरु पूरा गर्नको लागि मेयरमा उम्मेद्वारी दिएको बताउँदै समृद्ध र सुशासित माडी निर्माणको आफू अगाडि बढिरहेको जानकारी दिनुभयो ।

    यस अगाडिको कार्यकालमा सर्वाधिक मतका साथ उपमेयरमा विजयी भएर सफलतापूर्वक काम गर्नुभएकी महत्तोले आफू नगरपालिकाको नेतृत्वमा गएर भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताउनुभयो । मन्तव्यका क्रममा भ्रष्टाचार गर्नेलाई गेट नै बन्द गरिदिने बताउँदै आफ्नो नेतृत्वमा माडीलाई नमूना माडी बनाउँने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    महिला तथा बालबालिकाको क्षेत्रमा र वघौडा गाविसमा सचिवमा लामो समय काम गर्दाको अनुभवले सफलतापूर्वक उपमेयरको जिम्मेवारी पूरा गरें भन्दै महत्तोले माडीका सबै जनताका घर आँगनमा पुगेर समस्या बुझेको हुनाले माडीका समस्या समाधान गरी समृद्ध माडी बनाउन नगरपालिकामा आफ्नो नेतृत्व आवश्यक भएको बताउनुभयो ।

    माडी नगरपालिकाको नेतृत्व लिएर सुकुम्वासीहरुको स्थायी बसोबास गर्ने, दिगो विकासको आधार तयार गर्ने, कृषिमा आत्मनिर्भर, शैक्षिक हव बनाउने, माडीका जनता र जमिनको सुरक्षा गर्ने, कला संस्कृतिको सम्बोधन गर्ने, खेलकूद, स्वास्थ्यमा सुधार गर्नेलगायत सबैको सहमति र सहकार्यले समृद्ध माडी बनाउने अभियानमा आफू निरन्तर लागि पर्ने भएकोले अत्यधिक मतले आफूलाई विजय गराउन सम्पूर्ण माडीवासीहरुलाई आग्रह गर्नुभयो ।

    यसैगरी सोही कार्यक्रमा माडी नगरपालिकाका मेयरका प्रत्यासी ऋषिराम काफ्लेले आफ्नो नेतृत्वमा माडी नगरपालिकालाई शिक्षा र पर्यटनको हव बनाउने जानकारी दिदै आफ्नो नेतृत्वमा माडीलाई नमूला माडी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    हामीहरुकै प्रयासमा विगतको माडी अहिले उज्यालो माडीमा रुपान्तरण भएकोले अब विद्यार्थीहरुलाई सिकाइसँगै उत्पादनको कार्यमा सहभागी गरेर माडीमा आर्थिक रुपान्तर गर्ने आफ्नो योजना रहेको बताउँदै मेयरका प्रत्यासी काफ्लेले माडीमा जातीय विभेद अन्त्य गर्ने,भूमिहिन सुकुम्वासीहरुको समस्या, माहीका समस्या अन्त्य गरी माडीमै रोजगारको सिर्जन गर्ने आफ्नो योजना रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा माडी जेसीजका अध्यक्ष शोभाकर अधिकारीले नेतृत्व निर्माण गर्न यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउँदै माडीवासीको मन जितेर अगाडि बढ्न मेयरका दुवै प्रयासीहरुलाई आग्रह गर्नुभयो ।

    माडी जेसीजका अध्यक्ष शोभाकर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको ककस कार्यक्रममा माडी जेसीजका निवर्तमान अध्यक्ष कृष्णहरि अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव सुवास गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    कार्यक्रमा माडी नगरपालिकाका दुवै प्रत्यासीहरुले सुन्दर र नमूना माडी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । दुवै प्रत्यासीले माडी नगरपालिकाको नेतृत्व गर्ने इच्छा व्यक्त गरे पनि नगरपालिकाको नेतृत्व कस्लाई सुम्पने भन्ने जिम्मा आम माडीवासीकै हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.