भरतपुरको मतपत्र छपाइ आज सकिँदै, २३ गतेसम्म निर्वाचन कार्यालयमा आइपुग्ने
न्युजभित्तो/२० बैशाख २०७९, मंगलवार १४:०१
चितवन,२० बैशाख– निर्वाचन आयोगले आज सबै मतपत्र छपाइ सकिने जनाएको छ । आयोगले दिएको निर्देशनअनुसार जनक शिक्षा सामग्री संस्था लिमिटेडले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो।
हिजो सोमबार जनक शिक्षाले पोखरा, विराटनगर र भरतपुर महानगरपालिकाको मतपत्र छपाई सुरु गरेको थियो। मतपत्र छपाइपछि दुई दिन प्याकिङको काम सकेर २३ गतेसम्म देशैभरका निर्वाचन कार्यालयमा मतपत्र पुगिसक्ने बताइएको छ।
आयोगले उम्मेदवारको सङ्ख्या बढेको केही स्थानीय तहको मतपत्र पुनः छपाइ गर्न दिएको थियो। निर्वाचन आयोगले तीन दिनअघि ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्रको डिजाइन जनक शिक्षामा पठाएको थियो।