सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पौडेललाई फकाउने प्रयास असफल, काठमाडौं फर्किए गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/१६ बैशाख २०७९, शुक्रबार १२:४१ 
  • चितवन,१६ बैशाख– भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडेल आफ्नो अडानमा अडिक रहेका छन् । उनले महानगरको मेयरको उम्मेदवारीबाट पछि नहट्ने अडान कायमै राखेका हुन् ।

    उनलाई फकाउन प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई चितवन पठाएका थिए । गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

    उनलाई फकाउन देउवाको दुत बनेर आएका गृहमन्त्री र राज्यमन्त्री पौडेल निवास नै धाएका थिए । तर पौडेलले पछि नहट्ने अडान छोडेनन् । अन्तत: पौडेलले उम्मेदवारी फिर्ता नलिने भएपछि । गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठ काठमाडौं फर्किएका छन् ।

    केन्द्रीय गठबन्धनले भरतपुरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि कांग्रेसका नेता कार्यकर्ता रुष्ट भएका थिए । असन्तुष्ट पक्षले कांग्रेसबाट भरतपुरको मेयरमा पौडेललाई उठाउने निर्णय गरेको थियो । जस अनुसार पौडेलले १२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.