सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा गठबन्धन विरुद्धको बागी उम्मेदवारी फिर्ता नहुने


  •    न्युजभित्तो/१६ बैशाख २०७९, शुक्रबार १०:५६ 
  • चितवन, १६ वैशाख । भरतपुर महानगरमा गठबन्धन विरुद्धका बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललेको उम्मेदवारी फिर्ता नहुने भएको छ। सत्तारूढ गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रलाई परेको थियो। माओवादीलाई मेयर दिन नहुने भन्दै कांग्रेस नेता एवं पूर्वसांसद पौडेलले उम्मेदवारी दिएका थिए।

    पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर आएका थिए ।

    बिहीबार गृहमन्त्री खाणले पौडेलको घरमै गएर उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। पौडेलले उक्त आग्रह अस्वीकार गरेका थिए। बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए। जवाफमा पौडेलले आफू धेरै अघि बढिसकेको र अब उम्मेदवारीबारे चितवनका कांग्रेस कार्यकर्ताले निर्णय गर्ने बताएका थिए। पौडेललाई कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

    बिहीबार साँझ गृहमन्त्री खाणले पौडेललाई आफू बसेको होटल सेन्ट्रल पार्कमा बोलाएका थिएन तर पौडेल आउन मानेनन्। पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि मन्त्री खाण र राज्यमन्त्री श्रेष्ठ आज काठमाडौं फर्किँदै छन्। काठमाडौं फर्किनुअघि उनीहरूले होटलमा भरतपुरका कांग्रेस नेता कार्यकर्तासँग कुराकानी गरेका छन्। उता बागी उम्मेदवार पौडेलको घरमा पनि कांग्रेस कार्यकर्ताको घुइँचो लागेको छ। पौडेलले अब दुनियाँको कुनै पनि तागतले आफ्नो उम्मेदवारी फिर्ता गराउन नसक्ने बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.