सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी


  •    न्युजभित्तो/१५ बैशाख २०७९, बिहीबार १५:४९ 
  • भरतपुर,१५ बैशाख– भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदी, उपमेयरकी उमेदवार हिमला गुरुङ र अटो व्यवसायीहरु बीच बिहीबार छलफल भएको छ । तीन पांग्रे अटोलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।

    भरतपुर महानगरमा अटो सञ्चालनको विषयमा चार वर्षअघि भएको अटो व्यवसायीहरुको आन्दोलनमा क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका थिए । अटो सञ्चालनको विषयमा महानगरले गरेको निर्णयप्रति व्यवसायीहरु अझै पनि असन्तुष्ट छन् ।

    व्यवसायीहरुले अटोमा लगाइँदै आएको कर न्युनिकरण गर्नुपर्ने, झन्झटिलो लाइसेन्स प्रक्रियालाई सहज बनाउनुपर्ने र महानगरको मुख्य सडकमा पनि अटो चलाउन पर्ने माग राखेका छन् । त्यस्तै, ट्राफिक प्रहरीले साना ठूला सबै सवारी साधनलाई एकै रुपमा जरिवाना लगाउने गरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाए ।

    मेयरका उमेदवार सुवेदीले आफु मेयरमा निर्वाचित भएपछि भरतपुरमा नयाँ अटो थप्न नदिने र भएकालाई व्यवस्थित रुपमा सञ्चालनको व्यवस्था मिलाउने बताए । ‘नगर प्रमुखमा निर्वाचित भएपछि यहाँ सिमित संख्यामा मात्रै अटो चलाउन मिल्नेगरी व्यवस्थित गर्छु’, उनले भने ।

    भरतपुरमा सवारी साधनलाई व्यवस्थित गर्न सबै ठाउँमा सिसि क्यामरा जडान गर्ने उनले बताए । सबै जनता कार चढ्न नसक्ने रहेको भन्दै उनले अटोलाई नै व्यवस्थित रुपमा सञ्चालन गरिने बताए । अटो व्यवसायले धेरै नागरिक स्वरोजगार समेत बनेको उनको भनाइ छ ।

    भरतपुरमै रोजगारीको सिर्जना गरेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने उनले प्रतिबद्धता जनाएका छन् । ‘वैदेशिक रोजगारमा जाने वातावरणको अन्त्य गर्नपर्छ । भरतपुरमै रोजगार सिर्जना गर्ने वातावरण बनाउँछु’, उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.