चितवन, १० वैशाख । एकातिर पञ्चायतको रापताप थियो । अर्कोतिर देशमा बहुदल ल्याउनका लागि राजनैतिक दलहरु विरोधी कार्यक्रमहरु गरिरहेका थिए । घरमा पञ्चायत व्यवस्थाको पक्षधर बुबा थिए । तर आफू उक्त व्यवस्थाका खुंखार विरोधी भए, अनि पञ्चायतको विरोधमा उत्रिए । पञ्चायतको पक्षबाट आफ्नै बुबा चुनावी प्रतिस्पर्धामा थिए । एकै घरका बाबुछोरा दुई फरक पार्टीबाट प्रतिस्पर्धामा उत्रिएपछि परिवार, नातागोता र गाउँघरमा खैलाबैला नै मच्चिएको उनी सम्झन्छन् ।
राजनीतिमा नातावाद भन्ने हुँदैन भन्ने मान्यतालाई चरितार्थ गर्दै राजनैतिक विचारधारा फरक परेपछि आफ्नै बाबुविरुद्ध चुनावी मैदानमा उत्रिएका थिए कृष्णकुमार डल्लाकोटी ।
हालका जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटी २०४० साल आसपासबाट राजनीतिमा होमिए । विद्यार्थी राजनीतिबाट उनी अघि सरेका हुन् । आफूलाई तत्कालिन समयमा कम्युनिष्ट नीति, विचार र सिद्धान्तले प्रभाव पारेपछि उनी तीनै विषयहरु प्रशिक्षण लिने र दिने अवस्थामा पुगे । विस्तारै राजनीतिप्रतिको लगाव बढ्दै गयो, जागिरको कुनै मोह भएन । अघि बढ्ने क्रममा युवा उमेर नै राजनीतिमा विते पछि उनी त्यसबाट टाढिन सकेनन् ।
२०४४ सालमा भएको चुनावमा उनी तत्कालिन चैनपुर गाउँ पञ्चायतमा जनपक्षीय उम्मेदवार बने । प्रतिस्पर्धी थिए वुवा सिद्धिलाल डल्लाकोटी । चुनावी परिणाम बुबाकै पक्षमा गयो । तर उनले राजनीतिक जीवनलाई थप सक्रिय बनाए । ठाउँठाउँमा पञ्चायत विरोधी र बहुदलीय व्यवस्थाको पक्षमा वकालत गरे । फलस्वरुप तत्कालिन सरकारले उनलाई गिरफ्तार ग-यो । १४ दिन हिरासत बसेपछि थप केही सयम जेल पनि गए । बहुदल आएपछि उनी खुलेर यो व्यवस्थाको पक्षमा लागि परे । आफ्ना समयमा चिनियाँ कम्युनिष्ट राजनीतिबाट प्रभावित भएर पार्टीमा लागेको उनी बताउँछन् ।
केही व्यक्तिहरु पनि मेरो आदर्श नेताको रुपमा छन्, डल्लाकोटीले भने,‘तर कम्युनिष्ट विचारधारासँग सम्बन्धित चिनियाँ लेख, रचना, प्रवचन मेरा लागि प्रेरणाको स्रोत बन्यो ।’विस २०४९ सालको चैनपुर गाविस अध्यक्षमा उनी तत्कालिन समयमा नेपाली कांगे्रसलाई पराजित गरी विजयी भए । चुनावका ती दिनहरु सम्झदै डल्लाकोटीले भने,‘इमान, कर्तव्यपालक, असली सिपाही पार्टी राजनीतिमा हावी थिए तर अहिले त्यसको ठीक उल्टो भइरहेको छ ।’
हाल नेकपा एमाले प्रदेश कमिटी सदस्य साथै स्थानीय तह विकास विभाग केन्द्रीय कमिटी सदस्य रहेका डल्लाकोटी जीवन नै राजनीतिमा बितेकाले जनताकै सेवामा आफू रहन चाहेको बताउँछन् । पछिल्लो पटक ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा खैरहनी नगरपालिका वडा नं. १ को वडा सदस्यमा निर्वाचित भए पछि पार्टीको तर्फबाट उम्मेदवार बनी डल्लाकोटी जिल्ला समन्वय समिति चितवनको प्रमुख भएका थिए । शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका आधारभूत आवश्यकतालाई ध्यानमा राखी काम गरेको उनी बताउँछन् ।
जिल्लाका स्थानीय तहहरु पूर्वाधारविहिन रहेको अवस्थामा प्रमुख बनेका डल्लाकोटीले जिल्लाका धेरै पालिका र वडा कार्यालय निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाएका छन् । स्थानीय तहलाई साधनस्रोत सम्पन्न बनाई जनतालाई सहज सेवा दिनुपर्छ भन्ने मान्यता डल्लाकोटी सधैं अडिग रहनुभयो ।