सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको मेयरको जिम्मेवारी उपमेयर पार्वती शाहलाई


  •    न्युजभित्तो/९ बैशाख २०७९, शुक्रबार १४:५९ 
  • चितवन,९ बैशाख – भरतपुर महानगरपालिकाको कार्यबाहक मेयरको जिम्मेवारी उपमेयर पार्वती शाह ठकुरीलाई दिईएको छ । मेयर रेनु दाहालले पदबाट राजीनामा दिएसँगै उपमेयर शाहले मेयरको जिम्मेवारी पाएकी हुन् ।

    दाहालले आज (शुक्रबार) पदबाट राजीनामा दिएकी हुन् । उनले उममेयर शाहलाई राजीनामा पत्र बुझाएकी छन् । नताको चाहना अनुसार फेरि मेयरका लागि चुनावी मैदानमा जान आफुले पदबाट राजीनामा दिन लागेको दाहालले बताईन् ।

    ‘जनताको भावना र चाहना अनुसार फेरि मेयरमा उठेर सेवा गर्न खोजिकी छु, उनले भनिन्, ‘एक कार्यकल फेरि दु:ख गर्नुपर्छ भनेर मैदानमा उत्रिन लागेकी हुँ ।’ निर्वाचन आयोगको प्रावधानअनुसार आउँदो निर्वाचनमा उम्मेदवारी दर्ता गराउने जनप्रतिनिधिले राजीनामा दिनुपर्नेछ ।

    दाहाल गत २०७४ को स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भएकी थिईन् । कांग्रेससँग गठबन्धन गरेर उनी माओवादी केन्द्रबाट मेयर बनेकी थिईन् । यस्तै शाह कांग्रेसबाट उपमेयर बनेकी हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.