एमालेसँग गठबन्धन गर्न राप्रपा तयार, गठबन्धनको विषयमा सकारात्मक छलफल : एमाले
न्युजभित्तो/९ बैशाख २०७९, शुक्रबार १०:२३
भरतपुर,९ बैशाख। आउँदो स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले नेकपा एमालेसँग गठबन्धन गर्न बाटो खुला गरेको छ । दुवै दलबीच सहमति भइसके पनि आधिकारिक निर्णय भने गरिसकेको छैन ।
‘नेकपा एमालेसँग मिलेर निर्वाचनमा जाने भन्ने विषयमा सहमति भइसकेको छ,’ राप्रपा चितवनका प्रचारप्रसार विभाग प्रमुख जीवलाल पुरीले भने, ‘वैशाख १६ गतेसम्म उमेदवारी फिर्ताको समय भएकोले दुई दलबीचको केही आन्तरिक छलफल थाँती राखेका छौँ ।’
राप्रपाले सम्मानजनक स्थान पाएमा यसपटक एमालेसँग मिलेरै निर्वाचनमा जाने जिल्ला समितिको निर्णय भइसकेको उनले बताए । केन्द्रले जिल्लाको अवस्था र आवश्यकता हेरेर गठबन्धन गर्न सक्ने भनेर बाटो खुला गरिदिएको हुँदा चितवनमा एमालेसँग गठबन्धन गरेर अगाडि बढ्ने निर्णय भएको उनको भनाइ छ । ‘दुई दलबीच केही लेनदेनका कुरा बाँकी छन्,’ उनले भने ।
नेकपा एमालेले पनि दुई दलबीच मिलेर जाने विषयमा सकारात्मक ढंगले अघि बढेको बताएको छ । ‘हामी निरन्तर छलफलमै छौँ,’ नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने, ‘छलफल सकारात्मक छ । मिलेर जाने सम्भावना प्रबल छ ।’ दुई दलबीच हुनुपर्ने केही सहमति र तालमेलका कुरा बाँकी रहेकाले आधिकारिकरूपमै मिलेरै जाने भन्ने निर्णयमा भने पुगिनसकेको उनले बताए ।