सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा जसपाले टुंगो लगायो वडाअध्यक्ष


  •    न्युजभित्तो/८ बैशाख २०७९, बिहीबार १५:४३ 
  • भरतपुर,८ बैशाख ।  ०८ बैशाख । जनता समाजवादी पार्टी (जसपा)ले भरतपुर महानगरपालिका भित्रका २९ वटै वडाको वडाअध्यक्षको टुंगो लगाएको छ ।

    बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर पार्टीको तर्फबाट महानगरका सबै वडामा उमेदवार टुंगो लागेको बताएको हो । पाँच दलीय गठबन्धनबाट भागबण्डामा कति वडा पर्ने भन्ने विषयमा भने टुंगो लागेको छैन् । जसपाको भरतपुर महानगर अध्यक्ष अनुज जोशीका अनुसार जसपाले गठबन्धन भित्र महानगर भित्रको वडा नं. १, २, ११ र १६ मा वडाअध्यक्ष पाउनुपर्ने माग दाबी गरिरहेको छ ।

    ‘हामीले हाम्रो मुख्य आधार क्षेत्र भएकै ठाउँमा माग गरिरहेका छौँ,’ उनले भने, ‘तर, छलफल जारी रहेकोले कति वटा वडा पाउने भन्ने विषय टुंगो लागेको छैन । तर, गठबन्धन दलले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भित्र मात्रै छलफल चलाएको जसपा चितवनका अध्यक्ष प्रेम भुजेलले बताए ।

    ‘हामी पनि गठबन्धनमा भएपछि हामीलाई पनि छलफलमा समेट्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘तर, यहाँ तीन दलीय गठबन्धन जस्तो गरेर छलफल चलाएको छ भन्ने सुन्नमा आएको छ ।’ गठबन्धनले जसपालाई वास्ता नगरे सबै पालिकामा सबै पदमा उमेदावरी उभ्याउने उनले बताए ।

    गठबन्धनले सबै दललाई सम्मानजनक व्यवहार गरेर भागबण्डा मिलाउनुपर्ने उनको भनाइ छ । ‘हामीलाई पनि हाम्रो पार्टी र संगठनअनुसार सम्मानजनक स्थान चाहिन्छ,’ उनले भने, ‘त्यसभन्दा बाहिर गएमा हामी जतिसुकै सानो दल भए पनि सबै स्थानमा हाम्रो उमेदावरी रहन्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.