सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस भरतपुरले बागमती प्रदेशलाई बुझायो उम्मेदवारका आकांक्षिको नामावली


  •    न्युजभित्तो/४ बैशाख २०७९, आईतवार १४:५० 
  • चितवन,४ बैशाख – नेपाली कांग्रेस भरतपुर महानगर समितिले महानगरको मेयर र उपमेयरमा आकांक्षिहरुको नामावली बागमती प्रदेशलाई बुझाएको छ ।

    आज (आइतबार) महानगर सभापति चित्रसेन अधिकारी र उपसभापति बुद्धिकान्त न्यौपानेले नामावली बागमती प्रदेश प्रतिनिधि मोहन बहादुर बस्नेलाई बुझाएका हुन् । महानगरको मेयरमा २५ जना र उपमेयरमा २४ जनाको नाम सिफारीस गरिएको छ ।

    बागमती प्रदेश प्रतिनिधिले नमावली बुझ्दै आएका नामहरुबाट उपयुक्त उम्मेदवार छनोट गरि केन्द्रमा सिफारीस गर्ने बताएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जिल्लाबाट नामावली टुङ्गो लगाउन नसके पछि सबै आकांक्षिको नाम पठाईएको हो ।

    कांग्रेसबाट भरतपुरको मेयरमा २५ जनाले दावी पत्र पेश गरेका छन् । महानगरको मेयरमा भरत अधिकारी, शंकरप्रसाद कंडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजयराज शर्मा भुसाल, दिनेश कोईराला, पार्वती शाह ठकुरी, दिर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गरीकुमारी श्रेष्ठलेले दावी गरेका छन् ।

    यस्तै मिना कुमारी खरेल सुवोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा डा केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा सूर्यकान्त घिमिरे, हिरामणी अधिकारी र धनश्याम दवाडीले मनोनयन दर्ता गराएका हुन् ।

    यस्तै महानगरको उप-मेयरमा पनि २४ जनाको दावी छ । उप-मेयरमा तारा गुरुङ, वुद्धिकान्त न्यौपाने, लक्ष्मी न्यौपाने, निरु कार्की, कल्पना पौडेल, देवेन्द्रबहादुर गुरुङ, टंकनाथ पौडेल, कृष्णबहादुर गुरुङ, राजिव न्यौपाने, विरेन्द्र केसी, भुपतिदास सापकोटा, केदारनाथ बराल र रविभद्र शर्मा खनालले आकांक्षा देखाएका छन् ।

    यस्तै निर्मलराज पौडेल, शुरविर पोख्रेल, भोजराज कौडाल, एलिजा अधिकारी, महेन्द्र श्रेष्ठ, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी र बिदुर केसीले पनि उपमेयरका आकांक्षी हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.