सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपा चितवनद्वारा आमसभास्थलको सरसफाई (फोटोफिचर)


  •    न्युजभित्तो/३ बैशाख २०७९, शनिबार ०९:४३ 
  • भरतपुर, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले शुक्रबार भएको आमसभास्थलमा आज शनिबार सरसफाई गरेको छ । केन्द्रीय बस ट्रमिनलको खुल्ला चौरबाट झण्डै २० बोरा फोहर संकलन गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार चौरमा रहेका कागज, प्लाष्टिक, पानीका बोतल लगायतका फोहोर टिपेर व्यवस्थापन गरिएको हो ।

    जिल्ला कोषाध्यक्ष दिनेश अधिकारीले करिब २ घण्टा लगाएर सरसफाई गरिएको बताउनुभयो । राप्रपा क्षेत्र नम्बर ३ का अध्यक्ष मदनप्रसाद पौडेलले चौरमा पानी ट्याङकरले प्रयोग गरी धुलो व्यवस्थापन गरिएको बताउनुभयो । आमसभास्थलको सहज अवलोकन गर्न मिल्ने गरी ५ दिन लगाएर चौर समस्याउने र सफाई गरिएको थियो । राप्रपा चितवन प्रदेश ३ (ख) का अध्यक्ष रामकृष्ण क्षेत्रीले राप्रपाका जिल्ला पदाधिकारी, युवाहरुको सक्रियतामा सफाई गरिएको बताउनुभयो । जिल्ला प्रवक्ता राजु भण्डारीले शुक्रबारको आमसभामा २५ हजार सर्वसाधरण भएको अनुमान गरिएको दावी गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.