भरतपुर,२ बैशाख। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चितवनमा विशाल सभा आयोजना गर्दैछ । सभामा सम्बोधन गर्न केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु विक्रम पाण्डे, हेमजङ्ग गुरूङ, डा. धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, रेखा थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा चितवनका अध्यक्ष रूद्रप्रसाद ढकालले जानकारी दिए । आमसभामा कम्तीमा पनि ५० हजार कार्यकर्ताको उपस्थिति रहने उनले दाबी गरे ।
‘देशभर राप्रपामा जनलहर बढेकोले कम्तीमा ५० हजार मानिस आमसभामा सहभागी हुने अनुमान गरेका छौँ’, उनले भने । आमसभा हुनुपूर्व कार्यक्रमस्थलबाट पूर्व, पश्चिम, उत्तर, दक्षिण सबै क्षेत्रबाट मोटरसाइकलसहितको ¥याली आउने पार्टीले जनाएको छ । मुग्लिनतर्फबाट आउने आँपटारी, नवलपुरतर्फबाट आउने पुलचोक हुँदै चौबीसकोठी, माडी र मेघौली क्षेत्रबाट आउने पनि चौबीसकोठी हुँदै कार्यक्रमस्थलमा आइपुग्ने गरी र्यालीको कार्यक्रम तय भएको राप्रपा चितवनका प्रचारप्रसार संयोजक जीवलाल पुरीले जानकारी दिए ।
यस्तै, पूर्वतर्फबाट आउने टोली पनि गोन्द्राङबाट मिलनचोक हुँदै कार्यक्रमस्थल प्रवेश गर्ने कार्यक्रम रहेको उनले बताए । ‘आमसभामा सहभागी हुने सबैजना र्यालीमा सहभागी हुन सक्दैनन्’, उनले भने, ‘कतिपय बसमा आउँछन् । हामीले मोटरसाइकलमा आउनेलाई मात्रै झन्डासहितको र्यालीमा सहभागी गराउँदै छौँ ।’ बिहान १० बजेदेखि सभा सुरू गर्ने गरी तयारी भइरहेको उनले बताए । उनका अनुसार जिल्लामा रहेका सबै वडाबाट वडाको ब्यानरसहित उपस्थित हुनेछन् ।
गठबन्धनको कुरा
मुख्य दलहरु गठबन्धनमा लाग्दै गर्दा राप्रपाले पनि गठबन्धन गर्ने सबैले आकलन गरिरहेका छन् । त्यसैले पनि चितवनमा हुने आमसभाबाटै राजेन्द्र लिङ्देनले गठबन्धन गर्ने घोषणासमेत गर्न सक्ने आकलन गरिएको छ ।