सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा हुने राप्रपाको आमसभामा ५० हजार जनता उतार्ने दावी, अध्यक्ष लिङदेन सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने


  •    न्युजभित्तो/३० चैत्र २०७८, बुधबार १६:३५ 
  • भरतपुर, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले बैशाख २ गते हुने विशाल आमसभामा ५० हजार बढी जनता सहभागि हुने दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने आमसभामा उल्लेख्य सहभागिता हुने दावी गर्नुभएको हो ।

    आमसभालाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री डा धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने जनाइएको छ । आमसभा सफल पार्न १६ वटा उपसमितिहरु बनाइएका छन् । “चुनाव लक्षित आमसभा होइन, देशमा व्याप्त भ्रष्टाचार, वेथिति र उत्पिडन विरुद्धको खबरदारीसभा हो”, उहाँले भन्नुभयो, “राप्रपाले अंगिकार गरेको राजनीतिक, आर्थिक, सामाजिक अवधारणालाई जनतामाझ सुसूचित गराउनेछौँ ।”

    आमसभा हुने स्थल पारसबसपार्कको खुल्ला चौरलाई ५ दिन लगाएर सरसफाई गरिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रवक्ता राजु भण्डारीले चौरबाट झण्डै २५ ट्रिपर फोहर उठाएर उचित ठाउँमा व्यवस्थापन गरिएको बताउनुभयो । उहाँका अनुसार जेसीवी, ग्रेडर, रोलर लगाएर चौरलाई सम्याउने, सफा गर्ने काम गरिएको छ । आमसभास्थलमा २ वटा मञ्च बनाइने छ । अतिथि र कलाकारहरुलाई छुट्टाछुट्टै मञ्च बनाइईएको हो ।

    जिल्ला उपाध्यक्ष जीवलाल पुरीले चितवनका ९८ वडाकै जनता आमसभामा सहभागि हुने बताउनुभयो । छिमेकी जिल्लाबाट समेत उल्लेख्य सहभागिता रहने उहाँको भनाई छ । उहाँका अनुसार आमसभाकै कार्यक्रममा चितवनबाट अन्य दल परित्याग गरी ३ हजार बढी राप्रपामा प्रवेश गर्ने कार्यक्रम समेत रहेको छ ।

    बैशाख पहिलो साता सातै पालिकामा उम्मेदवार घोषणा
    राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बैशाख पहिलो साता चितवनका सात वटै स्थानीय तहमा उम्मेदवारहरु घोषणा गरिने बताउनुभएको छ । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य सबै पदमा राप्रपा चितवनले उम्मेदवारहरु छनौट गर्ने बताउनुभयो । “अहिले एकल चुनावमै जाने गरी उम्मेदवारहरु छनौट गर्दैछौँ”, उहाँले भन्नुभयो, “केन्द्रको निर्देशनपछि बल्ल गठबन्धनको टुंगो लाग्नेछ ।” उहाँका अनुसार पालिकास्तरबाट उम्मेदवारहरुको नामावली संकलन कार्य जारी रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.