माडीमा एमालेबाट मेयरमा ७ जना र उपमेयरमा ६ जनाको दावी
न्युजभित्तो/२९ चैत्र २०७८, मंगलवार १५:०२
माडी, २९ चैत । माडी नगरपालिकामा नेकपा (एमाले) का तर्फबाट मेयर पदका लागि ७ जना र उपमेयर पदमा ६ जनाले दावी गर्नुभएको छ ।
एमाले माडी नगर कमिटी सचिव श्रीप्रसाद दवाडीका अनुसार मेयर (प्रमुख) पदमा श्यामकुमार बिष्ट, तारा कुमारी काजी महत्तो, नारायण पौडेल, रामेश्वर महत्तो, रेशमलाल आचार्य, रामेश्वर चौधरी र नारायण प्रसाद अधिकारीले दावी गर्नुभएको छ ।
यस्तै उपमेयर पदमा मथुरा बहादुर भण्डारी, कोपिला सिवाकोटी, सीता तिमिल्सिना, शिवहरी सुवेदी, श्रीप्रसाद दवाडी र कमल रामदामले दावी गर्नुभएको सचिव दवाडीले जानकारी दिनुभयो ।
दावी गरिएका नाममा छलफल गरी जिल्लामा सिफारिस गर्ने उहाँले बताउनभयो ।