सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारद्वय अधिकारी र रामदाम सम्मानित


  •    न्युजभित्तो/२९ चैत्र २०७८, मंगलवार ०७:४४ 
  • चितवन, २९ चैत । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको छैठौं र सातौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनको अवसरमा पत्रकारद्वय सूर्यप्रसाद अधिकारी र अमिर रामदाम सम्मानित हुनु भएको छ । सुनचाँदी व्यवसायका समस्या र यस व्यवसायले अर्थतन्त्रमा खेलेको भूमिका लगायतका विषयमा निरन्तर कलम चलाइ समग्र व्यवासयको विकासका लागि योगदान दिएको उल्लेख गर्दै हिजो सोमबार उहाँहरुलाई सम्मान गरिएको हो ।

    संघले संस्थापक अध्यक्ष खड्कलाल विश्वकर्माको स्मृतिमा स्थापित “स्व खड्कलाल विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार“ वर्ष २०७८ बाट प्रशंसा पत्र, दोसल्ला र नगद पाँच हजार सहित उहाँहरुलाई सम्मानित गरेको थियो । अधिकारी आर्थिक अभियान राष्ट्रिय दैनिकका संवाददाता र रामदाम स्वर्ण खबर साप्ताहिकका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सो सम्मान तथा पुरस्कार यो वर्षदेखि सुरूवात गरिएको संघका अध्यक्ष टेकबहादुर विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहाल हुनुहुन्थ्यो । उक्त कार्यक्रम संघका अध्यक्ष टेकबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.